Wednesday, December 13, 2017

अदालतले ग¥यो संचारकर्मीसंग अन्तरक्रिया

केशव वि.क. 
जोमसोम । मुस्ताङ जिल्ला अदालत जोमसोमले बुधवार संचारकर्मी र वडा सचिवहरु संग अन्तरक्रिया गरेको छ । अदालतमा दर्ता हुँने मुद्धा निष्पक्ष र पारदर्शी बनाउन र आम जनतामा सत्य तथ्य समाचार संम्प्रेषण गर्नका लागि अन्तरक्रियाको अयोजना गरिएको हो । 

माननीय जिल्ला न्यायाधीश बलराम त्रीपाठीको अध्यक्षतामा भएको अन्तरक्रियामा न्यायलयलाई चुस्त राख्नको लागि विविध निर्णय गरिएको छ । निर्णयलाई सहि रुपमा कार्यान्वयन गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताइएको छ । 

न्यायालयको रणनीतिक कार्य योजनालाई सार्थक बनाउँन न्याय सम्पादनमा अदालतबाट हुँने काम कारवाहीलाई सहयोग पु¥याउँने, न्यायिक बिषयमा समाचार प्रकाशन प्रसारण गर्दा न्यायपालिकाको जनआस्था र बिश्वासलाई प्रतिकुल नहुँने गरेर आधिकारीक व्यक्तिबाट जानकारी लिने, न्यायलय प्रतिको मुल्यमान्यता र जनआस्था अभिबृद्धि गराउँन सञ्चारकर्मीले रचनात्मक भूमिका निर्वाह गर्ने लगायतका निर्णय भएको श्रेस्तेदार महेन्द्र ज्ञवालीले जानकारी दिए । 

त्यसैगरी अन्तक्रियामा स्थानीय तहका सचिवहरु बीच अदालतका फैसलाले असूल उपर गर्नुपर्ने कैद, दण्ड र जरिवाना लागेका व्यक्तिलाई पहिचान गराई कैद, दण्ड जरिवाना असूल उपर गर्न सहयोग गर्ने लगायतका निर्णय गरिएको अदालत स्रोतले जनाएको छ ।

Friday, December 8, 2017

जोमसोममा विजय उत्सव मनाउन उर्लियो जनसागर

केशव वि.क.

मुस्ताङ मंसिर २१ गते साँझ देखि सुरु भएको मत गणनाको अन्तिम नतिजा पश्चात मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रवार विजय उत्सव मनाउन जनसागर उर्लिएको छ ।  


मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा विजयी भएका बाम गठबन्धनका उम्मेदवार समर्थक यवं पार्टी कार्यकर्ताहरु विजय उत्सव मनाउन शुक्रवार जोमसोममा जम्मा भएका हुन् ।  

ठुलो संख्यामा उपस्थित जिल्लाको पाँच वटै गाउँपालिकाका स्थानिय पार्टी कार्यकर्ताहरुको मुस्ताङ जिल्ला लालकिल्ला, बाम गठबन्धन जिन्दावाद, यो जित कस्को जनताको लगायतका नाराले जोमसोम बजार घन्किएको थियो ।


उक्त ¥यालीले जिल्ला सदरमुकाम जोमसोम, मार्फा, स्याङ लगायतका ठाउँ परिक्रमा गरेको छ । विजय ¥यालीका सहभागीले गीत नाच प्रस्तुत गर्दै खुसीयाली बाँडेका छन् । विजयी उम्मेदवारहरुलाई स्थानियले फूलमाला र खादा द्धारा बधाई तथा सम्मान व्यक्त गरेका थिए ।  


मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि सबै बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभामा प्रेम प्रसाद तुलाचन, प्रदेशसभा क मा इन्द्रधारा विष्ट र प्रदेश ख मा महेन्द्र बहादुर थकाली विजयी भएका हुन् ।    

मुस्ताङमा सबै बाम उम्मेदवार विजयी

केशव वि.क
मुस्ताङ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) का सबै उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचनले नेपाली कांग्रेसका रोमी गौचन थकालीलाई ३ सय ६३ मतान्तरले पराजित गरेका थिए ।

 निर्वाचनमा जिल्लामा भएका ९ हजार ४ सय २७ मतदाता मध्ये ६ हजार ७ सय ७३ मतदाताले मतदान गरेका थिए । जसअन्तर्गत तुलाचनले ३५ सय ४४ र गौचनले ३१ सय ८१ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको थियो । जिल्लामा ३७ वटा मतदान केन्द्र कायम गरिएको थियो । 

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका ईन्द्रधारा विष्टले ११ सय ६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मिंगुर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३१ सय ५६ मतदाता मध्ये १८ सय ३६ मतदाता निर्वाचनमा सहभागि भएका थिए ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका महेन्द्र बहादुर थकालीले २५ सय ८४ मतका साथ विजय हासिल गरेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छिरिङ धावा गुरुङले २२ सय ५९ मत प्राप्त गरेका छन् । 

प्रतिनिधि सभाका लागि एक वटा निर्वाचन क्षेत्र रहेको मुस्ताङलाई प्रदेश सभाका लागि लोमान्थाङ र दालोमे गाउँपालिका गरी क्षेत्र नम्बर १ र बाह्रगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका गरी क्षेत्र नम्बर २ कायम गरिएको छ ।

Thursday, December 7, 2017

मुस्ताङमा मत गणना सुरु

केशव विक
मुस्नाङ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना मंसिर २१ गते बिहिबार साँभदेखि जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा सुरु भएको छ ।
प्रतिनिधिसभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा भएका कुल मतदाता ९ हजार ४ सय २७ मध्ये ६ हजार ७ सय   ७३ मत खसेको थियो ।
प्रदेश क मा १८ सय ३६ र प्रदेश ख मा ४९ सय ३७ मत खसेको थियो । प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका रोमी गौचन थकाली र बाम गठबन्धनबाट प्रेम प्रसाद तुलाचनले प्रतिस्पर्धा गरेका छन ।
त्यसैगरी प्रदेश क मा बाम गठबन्धनबाट इन्द्रधारा विष्ट र कांग्रेसबाट मिक्युर गुरुङ चुनावी मैदानमा थिए । त्यस्तै प्रदेश ख को लागि बाम गठबन्धनबाट महेन्द्र बहादुर थकाली, कांग्रेसबाट छिरिङ धावा गुरुङ र राप्रपा बाट प्रविन शेरचनले प्रतिस्पर्धा गरेका थिए ।

Thursday, November 23, 2017

काँग्रेस मुस्ताङलाई बिरासत जोगाउने चुनौती

केशव वि.क.
मुस्ताङ । जिल्लामा बामपन्थी प्रतिको जनलहर र बाम एकता भएपछि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव निकै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको छ  । जिल्लामा पहिलो पटक यहाँका बाम शक्तिहरु गठबन्धन भएपछि मुस्ताङको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको हो । 

काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमाले र २०७० को दोस्रो संविधान सभाको निर्वाचन नेपाली काँग्रेसले जितेको थियो ।

यहाँको निर्वाचन आलोपालो काँग्रेस र एमालेले जित्दै आएका छन् । पछिल्लो समय मुस्ताङको भौगोलिक अवस्था र राजनीतिक समिकरण पनि बदलिएको छ । गाउँपालिका अध्यक्ष र सामाजिक अगुवाहरुको बाम प्रवेश र बाम प्रति उर्लिएको जनलहर देखेर विजयी हुने बाम गठबन्धनको विश्वास छ । काँग्रेस छिन्नविन्न भएको पार्टी पंक्ति एक ढिक्का भएर लागेमा बाम गठबन्धनलाई हराउने दाउमा छ ।

जिल्लामा रहेका प्रभावशाली नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले पनि यहाँको चुनाव रोचक बनेको हो । स्थानिय तहको निर्वाचनमा जिल्लाभर ८ हजार २ सय ६३ मतदाता थिए । जसमा जम्मा खसेको सदरमत मध्ये काँग्रेसका उम्मेदवारलाई मुख्य पदका लागि  बामका उम्मेदवारलाई भन्दा करिब ३ सय बढि मत खसेको थियो । बाँकी करिब १५ सय मत स्वतन्त्र उम्मेदवारलाई परेको थियो । 

अहिले स्थानिय तहमा उठेका सम्पूर्ण स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । त्यसैले स्वतन्त्र र बामको पक्षमा स्थानिय तहको निर्वाचनमा खसेको मत जोडदा बाम शक्ति अगाडी देखिन्छ । तर स्थानिय तहको निर्वाचनमा बाम र स्वतन्त्रलाई परेको मत अबको निर्वाचनमा बाम गठबन्धनलाई नआउन पनि सक्ने भएकाले प्रतिस्पर्धा तिव्र हुने अडकलबाजी गर्न सकिन्छ । 

यस पटक मुस्ताङमा ४६ सय २० पुरुष, ४८ सय ६ महिला र १ अन्य गरी ९ हजार ४ सय २७ मतदाता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानिय तहको निर्वाचन पश्चात जिल्लाभर ११ सय ६४ जना मतदाता थपिएकाले यी मत पनि महत्वपूर्ण हुने देखिन्छ ।  

पाँच स्थानिय तह भएको मुस्ताङलाई प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र कायम गरीएको छ । त्यस्तै प्रदेश सभाको लागि दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका गरी क्षेत्र नम्बर १ प्रदेश क र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका गरी क्षेत्र नम्बर २ प्रदेश ख कायम गरीएको छ ।

प्रतिनिधिसभाको लागि काँग्रेसका रोमी गौचन थकालीलाई बाम गठबन्धका प्रेम प्रसाद तुलाचनले टक्कर दिँदैछन् । तत्कालिन स्वतन्त्र उम्मेदवार प्रेम तुलाचन २०७० को संविधानसभा दोस्रो निर्वाचनमा रोमी गौचनसंग जम्मा १२ को झिनो मतान्तरले पराजय भएका थिए । यी दुवै जिल्लाका प्रभावशाली नेता हुन् । 
स्थानिय तहको निर्वाचनमा ३ वटा गाउँपालिका जितेको काँग्रेसले प्रतिनिधिसभाको लागि यसपालि पनि आफु निर्वाचित हुने गौचनको विश्वास छ । आफु स्वतन्त्र उम्मेदवार हुँदा पनि साथ दिएका जनताले बाम एकता भएकाले आफुलाई विजयीको मत आउने तुलाचनको विश्लेषण छ ।

थासाङ गाउँपालिका लेतेका यी दुवै उम्मेदवार छिमेकी÷आफन्त हुन् । कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बने । बाम गठबन्धनका उम्मेदवार तुलाचन प्रख्यात निर्माण व्यवसायी एवं उत्कृष्ट करदाता र मुस्ताङका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक अगुवा हुन् ।    

प्रदेशसभा क का लागि उपल्लो मुस्ताङबाट दुई सामाजिक अगुवाले प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसबाट मिक्यूर गुरुङ र बाम गठबन्धनबाट इन्द्रधारा विष्टको प्रतिस्पर्धा हुनेछ । यी दुवै उम्मेदवार लोमान्थाङका हुन् । विष्ट स्थानिय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका थिए । यहाँ ३ हजार एकसय ५६ मतदाता छन् । 

त्यसैगरी प्रदेशसभा ख का लागि तल्लो मुस्ताङबाट तीन जना मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । काँग्रेसबाट छिरिङ धावा गुरुङ, बाम गठबन्धनबाट महेन्द्र बहादुर थकाली र राप्रपाबाट प्रविन शेरचन प्रतिस्पर्धी हुन् । थकाली ३० वर्ष लामो प्रशासनिक अनुभव बटुलेका बौद्धिक सर्कलका व्यक्ति हुन् । उनी स्थानिय तहको निर्वाचनमा घरपझोङ गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । यहाँ ६ हजार दुईसय ७१ मतदाता छन् । जिल्लाभर ३७ मतदान केन्द्र कायम गरिएको छ ।      

Wednesday, November 22, 2017

ढुक्क भएर मतदान गर्नुस्ः प्रजिअ तिवारी

केशव वि.क.
जोमसोम । मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जिल्लामा रहेका आम मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । उनले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा सम्पूर्ण सुरक्षा तयारी पुरा गरेको बताउँदै ति
वारीले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउँदै चुनाव मर्यादित वातावरणमा सम्पन्न हुने बताए ।
मतदातालाई सुरक्षित ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी लगायतका सुरक्षा संयन्त्र परिचालन गरीएको छ । 
जिल्लामा रहेका ३७ वटा मतदान केन्द्रमा निर्वाचनको भित्रि घेरामा नेपाल प्रहरी बिचको घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने बताईएको छ ।

झुठा समाचारको पछि नलाग्नुसः तुलाचन

मुस्ताङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचनले जिल्लावासी सम्पूर्ण मतदातालाई कुनैपनि झुठा समाचारको पछि नलाग्न आग्रह गरेका छन् । 

गत मंसिर १ गते तुलाचन सवार गाडीमा बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा अज्ञात समुहले ढुंगा प्रहार गरी क्षति पु¥याएको समाचारलाई डिजिटल पत्रिका डटकमले तुलाचनले आफै गाडी फुटाएर अज्ञात समुहलाई दोष दिए भन्ने भ्रमात्मक समाचार सम्प्रेषण गरेको थियो ।
तुलाचनले प्रेस विज्ञप्ति मार्फत डिजिटल पत्रिका डटकमले आफ्नो विषयमा गलत समाचार सम्प्रेषण गरेकाले उक्त समाचार झुठ र कपोलकल्पित भएको बताउँदै कोही पनि भ्रममा नपर्न अपिल गरेका छन् । 

बाम गठबन्धनका उम्मेदवार एकसाता लामो उपल्लो मुस्ताङमा चुनाव प्रचारप्रसारको कार्यक्रम सकेर फर्किने क्रममा कागबेनीमा प्रहरीको निगरानीमा होटल ड्रागन अगाडी पार्किङ गरीएको ग १ य ३९६ नम्बरको गाडीमा नेपाली काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरी अगाडीको सीसा फुटाएको पुष्टि भएको बताईएको छ ।

बामको पक्षमा उर्लिएको जनलहर देखेर काँग्रेस मुस्ताङले पराजित हुने मानसिकताका साथ जनतामा झुठा आश्वासन, बामका गाडी तोडफोड तथा कार्यकर्ता माथि हातपात लगायतका सृङखलाबद्ध घटना घटाउँदै आएकोमा बामगठबन्धनको ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।